सांग्रिला डेभलपमेण्ट बैंकको संस्थापक शेयर बिक्रीमा


सांग्रिला डेभलपमेण्ट बैंकले संस्थापक शेयर शेयर खरिद गर्न चाहनेहरुसँग आवेदन मागेको छ ।

बैंकले २२ हजार १८७ कित्ता संस्थापक शेयरमा आवेदन गर्नका लागि बैंकका संस्थापक शेयरधनीहरुलाई आग्रह गरेको हो । २०७६ माघ ९ गतेका दिनदेखि ३५ दिनभित्रमा रित पुर्याएर आवेदन गर्नु पर्ने बैंकले जनाएको छ । ३५ दिन भित्र बैंकका संस्थापकहरुबाट आवेदन नआएको खण्डमा सर्वसाधारणलाई शेयर बिक्री गरिने बताइएको छ ।

बैंकका संस्थापक शेयरधनी मधुसुधन शर्माले बिक्री गर्न चाहेको २० हजार कित्ता तथा अनुप थापाले बिक्री गर्न चाहेको २ हजार १८७ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो । थप जानकारीका लागि बैंकको शेयर शाखामा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।