गेम चेन्जर–रेनो ट्राइबर नेपालमा, शुरुवाती मूल्य २८ लाख

0
Shares

रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले नयाँ उत्पादन गेम चेन्जर–रेनो ट्राइबर नेपाली बजारमा भित्र्याएको छ । बुधबार एक कार्यक्रमकाबीच नेपाली बजारमा रेनो ट्राइबरको बिक्री वितरण सुरु गरेको घोषणा गरिएको हो ।

रेनो ट्राइबर नेपाली बजारमा पाँच सिटर अप्सन र तिन भेरियन्टमा उपलब्ध हुनेछ ।आरएक्सई, आरएक्सएल र आरएक्सजेड भेरियन्टमा आउने रेनो ट्राइबर म्यानुअलसँगै अटोमेटिक ट्रान्समिसनमा उपलब्ध हुने बिक्रेता कम्पनीले जनाएको छ।

कम्पनीले नेपाली बजारमा यसको मूल्य २८ लाख २० हजार रुपैयाँ तोकेको छ । ट्राइबर आरएक्सई भेरियन्टको मूल्य २८ लाख २० हजार, आरएक्सएल भेरियन्टको मूल्य ३१ लाख ६० हजार र आरएक्सजेड भेरियन्टको मूल्य ३३ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेको छ ।

रेनो ट्राइबरले बि–सेगमेन्टका गाडीहरु खरिद गर्न चाहने ग्राहकहरुलाई उच्च मुल्याङकन प्रस्ताव गर्ने बताएको छ । रेनो ट्राइबर विशाल, अल्ट्रा मोड्युलर, इन्धन खपत गर्ने गाडी हो जसमा आकर्षक इन्टेरियरसहित ४ मिटरको स्पेसमा विभिन्न आधुनिक र व्यवहारिक विशेषताहरु रहेको कम्पनीको भनाई छ ।