युनाईटेड ईन्स्योरेन्सको अध्यक्षमा रविभक्त श्रेष्ठ चयन, नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता

0
Shares

युनाईटेड ईन्स्योरेन्स कम्पनीका संचालक समितिको अध्यक्षमा वरिष्ठ उद्यमी रविभक्त श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । उनी यस कम्पनीको संस्थापक शेयरधनी श्री एन.ई गु्रप प्रा.लि.का अध्यक्ष समेत हुन् ।

बीमकको संस्थागत सुशासन सम्बन्धि निर्देशिका बमोजिम माघ ९ गते नव नियुक्त अध्यक्ष श्रेष्ठले बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईबाट सपथ लिई पदभार ग्रहण गरेका छन् ।

अध्यक्ष श्रेष्ठले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन सहायक मन्त्री र नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष समेतको जिम्मेवारी सम्हालिसकेका छन् ।

अध्यक्ष श्रेष्ठले युनाईटेड ईन्स्योरेन्स कम्पनीलाई नयाँ उचाईमा पु¥याउन आफु प्रतिवद्ध रहेको बताएका छन् । कुशल व्यवस्थापकीय क्षमताका कारण समाजमा ख्याती कमाएका श्रेष्ठले संचालक समिति र सम्पूर्ण सेयरधनीहरूबीच सुमधुर सम्वन्ध विस्तार गरि युनाईटेड ईन्स्योरेन्सलाई देशकै उत्कृष्ट विमा कम्पनीका रूपमा स्थापित गर्ने विस्वास गरिएको कम्पनीको भानई छ ।

साथै, अध्यक्ष श्रेष्ठले कम्पनीलाई पूर्ण व्यवसायिक रूपमा अगाडि बढाउन आफु प्रतिवद्ध रहेको भन्दै यसका लागि नियामक निकाय, शेयरधनी, विमित एवं शुभेच्छुकहरूबाट पूर्ण साथ र सहयोग प्राप्त हुने विश्वास व्यक्त गरे ।