सात वाणिज्य बैंकको वित्तीय विवरण सार्वजनिक, यस्तो छ तुलनात्मक विवरण

0
Shares

माघ १८ गते शनिबारसम्म ७ वाणिज्य बैंकले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन्। जसमध्ये एनआईसी एशिया बैंकले धेरै सूचांकहरुमा लिड गरेको पाइएको छ भने सिटिजन्स बैंक सातौं नम्बरमा परेको पाइएको छ।

पुस मसान्तसम्ममा एनआईसी एशिया बैंकले खुद नाफा, सञ्चालन आम्दानी, निक्षेप संकलन, कर्जा परिचालन, प्रतिशेयर आम्दानीमा अन्य ६ बैंकलाई पछाडि पारेको छ।

सिटिजन्स बैंक भने अन्य ६ वाणिज्य बैंकभन्दा चुक्ता पूँजी, खुद नाफा, प्रतिशेयर आम्दानी, सञ्चालन नाफा, निक्षेप संकलन, कर्जा लगानी सबैमा पछाडि छ। यस्तै बैंकको कोषको लागत र आधार ब्याजदर पनि अन्य ६ वाणिज्य बैंकभन्दा धेरै छ।

 

नोट: चुक्ता पूंजी, खुद नाफा, सन्चालन नाफाको रकमलाई हजारमा देखाईएको छ। प्रतिशेयर आम्दानी रूपैयां र मूलय आम्दानी अनुपातलाई गुणामा उल्लेख गरिएको छ।

चुक्ता पूँजीका आधारमा नेपाल बैंक अग्रस्थानमा रहेको नेपाल बैंकको आम्दानीका आधारमा शेयरमूल्य पनि सबैभन्दा कम रहेको छ । बैंकको मूल्य आम्दानी अनुपात वित्तीय विवरण सार्वजनिक भएका ७ बैंकमध्ये सबैभन्दा कम छ भने एभरेष्ट बैंकको सबैभन्दा धेरै छ ।

खराब कर्जा अनुपातमा नेपाल बैंकको सबैभन्दा धेरै देखिएको छ भने एभरेष्ट बैंकको सबैभन्दा कम छ। सरकारी बैंक भएकाले कोषको लागत र आधार ब्याजदर पनि नेपाल बैंकको नै सबैभन्दा कम रहेको छ। जसबाट बैंकबाट ऋण लिने व्यक्तिले कम ब्याजदरमा कर्जा पाउनसक्ने सम्भावना रहन्छ।

जगेडा कोष र प्रतिशेयर नेटवर्थका आधारमा पनि नेपाल बैंक शिर्ष स्थानमा रहेको छ । सानिमा बैंक सबैभन्दा पुछारमा रहेको छ। वित्तीय विवरण अनुसार सानिमा बैंक मध्यम र क्रमबद्द प्रगति गर्ने बैंक बन्न पुगेको छ।

नोट: जगेडा कोष, निक्षेप, कर्जालाई हजारमा, कोषको लागत, आधार ब्याजदर, र खराब कर्जालाई प्रतिशतमा र प्रतिशेयर नेटवर्थलाई रूपैयांमा उल्लेख गरिएको छ।