दोस्रो त्रैमासमा यस्तो रह्यो २९ लघुवित्तको प्रगति विवरण

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत २९ लघुवित्तले माघ १९ गते आइतबारसम्म चालु आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेका छन्।
लघु्वित्तहरुले प्रस्तुत गरेको वित्तीय विवरणका आधारमा सबैभन्दा धेरै चुक्ता पूँजी भएको आरएमडिसी लघुवित्त मजबुत देखिएको छ भने गत असारमा आईपिओ बेचेको घोडीघोडा लघुवित्त सबैभन्दा कमजोर देखिएको छ ।

थोक कर्जा प्रवाह गर्ने आरएमडिसीको लघुवित्तको ८९ करोड ९३ लाख चुक्ता पूँजी छ । जसले सबैभन्दा धेरै २२ करोड संचालन मुनाफा गरेको छ भने १४ करोड खुद नाफा गरेको छ । प्रतिशेयर आम्दानीका आधारमा ग्लोबल आइएमई लघुवित्तले अग्रता लिएको छ । २५ करोड ९५ लाख ७५ हजार चुक्ता पूँजी रहेको लघुवित्तले ७ करोड ८७ लाख खुद नाफा कमाएर ६० रुपैयाँ ६४ पैसा प्रतिशेयर आम्दानी गरेको छ ।

सबैभन्दा कम मूल्य आम्दानी अनुपात चौतारी लघुवित्तको १७ रुपैयाँ ४० पैसा छ । किसान माइक्रोको पिई ११८ रुपैयाँ छ। मर्जर सम्झौताका कारण लामोसमयदेखि कारोबार रोकियो लघुवित्तको पुरानो मुल्यका आधारमा पिई गणान गरिएकाले उच्च देखिएको हो। चुक्तापूँजी, खुद नाफा, ब्याज आम्दानी, प्रतिशेयर आम्दानी लगायतमा घोडीघोडा सबैभन्दा कमजोर देखिएको छ ।

यसैगरि आरएमडिसीको लघुवित्त ऋण सापटी रकम, कर्जा परिचालन, जगेडाकोष, प्रतिशेयर नेटवर्थमा पनि अन्य २८ लघुवित्त कम्पनीहरु भन्दा अगाडि देखिएको छ । सानो कार्यक्षेत्र र भर्खरै खुलेका कारण पनि घोडीघोडा लघुवित्त अधिकांश सूचकहरुमा पछाडि रहेको छ ।

यस अवधिमा थोक लघुवित्त कर्जा सेवा प्रदान गर्ने तीन कम्पनीहरु फस्ट माइक्रो, आरएमडिसी र आरएसडिसी लघुवित्तको कुनैपनि निक्षेप संकलन छैन भने नेरुडे लघुवित्तले सबैभन्दा धेरै बचत संकलन गरेको छ ।

खराब कर्जा अनुपातमा किसान माइक्रोफाइनान्सको सबैभन्दा धेरै रहेको छ भने थोक कर्जा प्रवाह गर्ने फस्ट माइक्रो, आरएमडिसी लघुवित्तको शुन्य रहेको छ। सूर्योदय लघुवित्तले वित्तीय विवरणमा यस्तो अनुपात खुलाएको छैन। समता लघुवित्तको कोषको लागत सबैभन्दा धेरै रहँदा किसान लघुवित्तको सबैभन्दा कम लागत रहेको छ। सूर्योदय लघुवित्तले कोषको लागत पनि वित्तीय विवरणमा उल्लेख गरेको छैन।