चन्द्रागिरी नगरपालिकाका प्रमुख अधिकृत एक लाख घुस रकम सहित नियन्त्रणमा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चन्द्रागिरी नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत युवराज पौडेल र सवारी चालक संचित दुलाललाई एक लाख रुपैयाँ घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

पौडेलले चन्द्रागिरी नगरपालिकाको सूचना, संचार तथा प्रसारण गर्ने प्रयोजनका लागि सम्झौता गरी बिनियोजन भएको रकम मध्येबाट घुस माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारले नियन्त्रणमा लिएको हो।

पौडेलको निर्देशनमा सवारी चालक संचित दुलालले घुस बापतको एक लाख लिईसकेको अवस्थामा आइतबार अख्तियारले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।

त्यस्तै काठमाडौं जिल्ला स्थित यातायात व्यवस्था सेवा कार्यालय, सानो र्भयाङ स्वयम्भुमा कार्यरत अधिकृत (छैठौतह) शिवलाल पौडेल र सेवाग्राही दिपक खतिवडा पनि अख्तियारले नियन्त्रणमा लिएको जानकारी दिएको ।

सेवाग्राही दिपक खतिवडाले सवारी कर र प्रदुषण बापतको रकम तिर्नका लागि तेह्र हजार घुस दिएको अवस्थामा दुबै जनालाई नियन्त्रणमा लिई अनुसन्धान थालेको अख्तियारले जनाएको छ ।