रिलायन्स लाइफको नाफा झण्डै दोब्बर, आईपिओको अन्तिम तयारी

0
Shares

रिलायन्स लाइफ इन्स्योरेन्स (RLIL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत आवको यसै अवधिको तुलनामा झण्डै दोब्बर मुनाफा आर्जन गरेको छ ।
सर्वसाधारणमा ६३ लाख कित्ता आईपिओ निष्काशनको लागि अन्तिम तयारी गरेको यस कम्पनीले व्यवसायको आकार बढाउँदै मुनाफामा निरन्तर वृद्धि गर्दै आइरहेको छ।

पुस मसान्तसम्ममा कम्पनीको खुद नाफा ४ करोड ६५ लाख ६६ हजार रुपैयाँ पुगेको छ । गत आवको यसै अवधिमा कम्पनीले २ करोड ४१ लाख नाफा कमाएको थियो। यस अवधिमा ५७ करोड ७७ लाख ६५ हजार रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको छ।

गत पुस मसान्तसम्ममा कम्पनीले २० करोड ९३ लाख ३४ रुपैयाँ खुद बीमा शूल्क आर्जन गरेको थियो।

एक अर्ब ४७ करोड रुपैयाँ चुक्ता पूँजी भएको इन्स्योरेन्सको जगेडा कोषमा १३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ। यस्तै जीवन बीमा कोषमा ७७ करोड ५९ लाख रुपैयाँ, महाविपत्ती जगेडा कोषमा १ करोड ५१ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले ७ हजार ६३२ बीमालेखबाट हाल सम्म ६० करोड ६१ लाख रुपैयाँ कुल बीमा शूल्क आर्जन आर्जन गरेको छ। गत आवको पुस मसान्तसम्ममा २ दाबी वापत ६४ लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको कम्पनीले यस अवधिका भने ११ दाबी बापत ६९ लाख ७३ हजार बराबरको दाबी भुक्तानी गरेको छ।

बीमा समितिले तोकेको न्यूनतम चुक्ता पूँजी दुई अर्ब पुर्याउन कम्पनीले ६३ करोड रुपैयाँको बराबरको ६३ लाख कित्ता आइपिओ जारी गर्ने तयारी गरेको छ।

इन्स्योरेन्सले निष्काशन गर्न लागेको आईपीओलाई इक्रा नेपालले रेटिङ्ग ग्रेड प्रदान गरेको छ। इक्रा नेपालले कम्पनीको वित्तीय अवस्था औषत रहेको जनाउने ‘इक्रा एनपी आईपीओ ग्रेड ४‘ प्रदान गरेको हो। आईपिओ निष्काशन गर्न इन्स्योरेन्सले निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ।