प्रभु बैंकको धर्मस्थली शाखा सञ्चालनमा, शाखा सञ्जाल २०७ पुग्यो

0
Shares

प्रभु बैंकले  माघ २० गतेदेखि काठमाण्डौं जिल्लाको तारकेश्वर नगरपालिका वडा नं. ०८ स्थित धर्मस्थलीमा  २०७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ ।

बैंकको धर्मस्थली शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् ।

सो अवसरमा वोहोरालो प्रभु बैंकले  व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा  शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको बताए ।

उक्त शाखा कार्यालयबाट गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकोले स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरु लाभान्वित हुने बैंकको भनाई छ ।

साथै स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ्ग प्राणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ भन्ने बैंकले विश्वास लिएको छ ।