नेपाल बंगलादेश बैँकले १० जना अपाङ्गता भएका व्यक्तिहरुलाई व्हीलचिय हस्तान्तरण गरेको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बालाजु स्कुल अफ ईन्जिनियरिङ्ग एण्ड टेक्नोलोजीका विद्यार्थीहरुद्धारा सिआईएल काठमाडौँको सहायतामा बनेका व्हीलचियरहरु वितरण गरेको हो।
बैँकका नायब प्रमुख कार्यकारी अधिकृतसुरेन्द्र भूषण श्रेष्ठले सिआईएल काठमाडौँका महासचिव गणेश के. सी.को उपस्थितीमा धादिङ, पोखरा, काठमाडौँ, बर्दिया, धनुषा, धनकुटा र सिन्धुलीका अपाङ्गता भएका व्यक्तिहरुलाई सो व्हीलचियरहरु प्रदान गरे।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भूषण श्रेष्ठले अपाङ्ग व्यक्तिहरुलाई व्हीलचियर हिड्नु सरह नै हो र यसले उहाँहरुको दैनिक जीवनको गतिशीलतामा सहज पु¥याउने विश्वास दिलाए ।
साथै नेपाली भई नेपालमै बनेका सामानलाई प्राथमिक्ता दिँदा देशको आर्थिक व्रिद्धी र देशलाई आत्मनिर्भर बनाउने सन्देश दिएका थिए ।
प्रतिक्रिया