खुञ्जेलीलाई उत्कृष्ट महिला व्यवस्थापक र श्रेष्ठलाई म्यानेजर अफ दि इयरको उपाधी

0
Shares

मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली ‘उत्कृष्ट महिला व्यवस्थापक र राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ म्यानेजर अफ दि इयरको उपाधीबाट सम्मानित भएका छन्।

नेपाल व्यवस्थापन संघ (म्यान) को शुक्रबार सम्पन्न साधारण सभामा एक समारोहबीच उपराष्ट्रपति नन्दकिशोर पुनले दुबै बैंकको सीईओहरुलाई सो अवार्डबाट विभूषित गरिएको हो।

साधारण सभाको अवसर पारेर म्यानले उनीहरुलाई सम्मान गरेको हो।

श्रेष्ठ सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको सीईओको रुपमा कार्यरत रहेका छन् भने खुञ्जेली स्थापनाकालदेखि नै मेगा बैंकमा कार्यरत रहेकोमा गत वर्ष वैशाखबाट प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकी छिन्। ‘क’ वर्गको बैंकको सीइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर समेत हुन्।