बीमा कम्पनीले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न पाउने

0
Shares

नेपाल धितोपत्र बोर्डले बीमा तथा विशेष ऐनद्वारा स्थापित गैर बैंकिङ संस्थालाइ पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको छ।

बोर्डले सामुहिक लगानी कोष नियमावली, २०६७ लाई संशोधन गरी आगामी फागुन देखि बीमा तथा गैर वित्तीय संस्थाले पनि सामुहिक लगानी कोष सञ्चालन गर्न सक्ने व्यवस्था गरेको हो ।  अब बीमा कम्पनी तथा विशेष ऐनद्वारा स्थापित गैर बैकिङ्ग वित्तीय संस्थाहरुले समेत सामूहिक लगानी कोष योजना सञ्चालन गर्न पाउने भएका छन् ।

यस्तै सर्वसाधारण लगानीकर्तालाई खुलामुखी योजनामा आकर्षित गर्न योजना व्यवस्थापकले इकाई बिक्री गर्दा कुनै शुल्क लिन नपाउने र इकाई खरिद गर्दा १.५ प्रतिशत शुल्क लिन सक्ने व्यवस्था गरी लगानीकर्ताको लागत न्यूनिकरण गरिएको बोर्डले जनाएको छ ।

यस्तै कोष प्रवद्र्धकको शाखा संजालमार्फत् खुलामुखी योजनाको इकाई खरिद बिक्री गर्न सक्ने व्यवस्था गरिएको छ भने सामूहिक लगानी कोषको रकम लगानी गर्ने सीमा तथा क्षेत्रको सम्बन्धमा स्पष्ट व्यवस्था पनि यसै नियमावलीमा गरिएको छ ।