एन आई सी एशिया बैंकको विस्तारित काउण्टर ललितपुर जिल्ला अदालतमा


ललितपुर जिल्ला अदालत परिसरमा एन आई सी एशिया बैंकले १०९ औं विस्तारित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । ललितपुर जिल्ला अदालतका मुख्य न्यायाधीश महेन्द्रबहादुर काकीले काउण्टरको उद्घाटन गरेका छन् ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डेले अदालत परिसरमा विस्तारित काउण्टर संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई अदालती शुल्कका साथै दस्तुर बुझाउन र आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने भन्दै एनआईसी एशियाले बैंकिङ्ग सेवा देशका हरेक कुना कन्दरामा पु¥याउने बताए ।

३१३ शाखा कार्यालयहरु, ४४२ एटिएम, १०९ वटा एक्स्टेन्सन काउण्टर एवं ५२ वटा शाखारहित बैंकिङ्गमार्फत् एनआईसी एशियाले बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।