एलआईसी नेपालको खुद बीमाशुल्क ३२.४२% बढ्यो, बीमा कोषमा ६१ अर्ब

0
Shares

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (LICN) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ७ अर्ब ६५ करोड ६८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यहि अवधिको तुलनामा ३२.४२ प्रतिशतले धेरै हो।

गत वर्षको यहि अवधिमा कम्पनीले ५ अर्ब ७८ करोड २२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।

लगानी, कर्जा तथा अन्य आयबाट २ अर्ब २० करोड २१ लाख रुपैयाँ आम्दानी गर्दा कम्पनीले पुर्नबीमा कमिशन वापत ८१ लाख ३१ हजार आम्दानी गरेको छ ।

यस्तै, बीमालेख धितोमा ११ अर्ब ८७ करोड ९३ लाख रुपैयाँ कर्जा लगानी गरेर ५८ करोड ७ लाख रुपैयाँ आम्दानी गरेको छ।

दोस्रो त्रैमाससम्म इन्स्योरेन्सले ७ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको छ । जुन गत वर्षको यहि अवधिको भन्दा ७.०४ प्रतिशत धेरै हो । गत बर्ष कम्पनीले ७ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बिमांकीय मूल्यांकन पश्चात मात्र कम्पनीको वास्तविक नाफा आउनेछन।

चुक्ता पूँजी २ अर्ब १ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ४७ करोड ५३ लाख, जीवन बीमा कोषमा ६१ अर्ब ९ करोड ७१ लाख र महाविपत्ती कोषमा २३ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले ७ अर्ब ६९ करोड ७७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। यस अवधिमा कुल ७ लाख ५१ हजार ५०३ बीमालेख जारी गरेको छ । कम्पनीले एक अर्ब ८४ करोड ८५ लाख रुपैयाँ भुक्तानी गरेको छ भने १९ करोड ५६ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ।

कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक ७ रुपैयाँ ४६ पैसा, प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ४१ पैसा र मूल्य आम्दानी अनुपात १५१.७१ गुणा छ।