शिखर इन्स्योरेन्सको प्रतिशेयर आम्दानी ४३ रुपैयाँ ९५ पैसा

0
Shares

शिखर इन्स्योरन्स (SICL) ले आर्थिक वर्ष ०७६/७७ को दोस्रो त्रैमाससम्ममा २३ करोड २३ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको यहि अवधिको भन्दा ९.६०% ले बढी हो ।

गत वर्ष यसैअवधिमा कम्पनीले २१ करोड २० लाख ६ हजार रुपैयाँ नाफा कमाएको थियो । शिखरको नाफा बढ्दा प्रतिशेयर आम्दानी ३ रुपैयाँ ८५ पैसाले बढेर ४३ रुपैयाँ ९५ पैसा पुगेको छ । जसको प्रतिसेयर नेटवर्थ २७२ रुपैयाँ १४ पैसा छ

यस अवधिमा इन्स्योरेन्सले ९० करोड ५६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। यस्तै, इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट २६ करोड २६ लाख रुपैयाँ र लगानी, कर्जा तथा अन्यबाट १० करोड ४४ लाख रुपैयाँ आम्दानी गरेको छ।

चुक्ता पूँजी एक अर्ब पाँच करोड ७३ लाख रुपैयाँ रहेको इन्स्योरेन्सको जगेडा कोषमा ५७ करोड ३२ लाख रुपैयाँ, बीमा कोषमा एक अर्ब १७ करोड ३४ लाख रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ।

कम्पनीले एक अर्ब ७६ करोड ३४ लाख रुपैयाँ कूल बीमाशुल्क आर्जन गरेको छ भने ८२ करोड ६९ लाख ८९ हजार रुपैयाँ भुक्तानी गरेको छ।

कम्पनीले हाल कायम चुक्तापूँजीको १०ः३ अनुपातमा ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्काशनको लागि धितोपत्र बोर्डमा आवेदन गरेको छ।