व्यापार घटेसँगै तारागाउँ रिजेन्सी (हायात) को नाफा घट्यो


तारागाउँ रिजेन्सीले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तमा कर्मचारी बोनस र कर नतिर्दा १७ करोड ७६ लाख ४७ हजार रुपैंया आम्दानी गरेको छ ।

होटलले कर्मचारी बोनस र करको विबरण खुलाएको छैन । यसै रकमका आधारमा होटलले प्रतिशेयर आम्दानीको गणना समेत गरेको छ । जसलाई वास्तविक मान्न सकिन्न ।

गत आर्थिक वर्षको यसै अवधिमा तारागाउँले कर्मचारी बोनस र कर तिर्न पहिले २१ करोड ३८ लाख ८३ हजार रुपैंया आम्दानी गरेको थियो । समीक्षा अवधिमा होटलको आम्दानी १६.९४ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्षको पुस मसान्तमा होटलको नियमित व्यापारबाट हुने आम्दानी ६९ करोड २१ लाख ८९ हजार रुपैंया रहेकोमा अहिले ५९ करोड ८९ लाख ६ हजार रुपैंया मात्र आम्दानी गरेको छ । होटलले विभिन्न किसिमका खर्चका शिर्षकमा कटौती गरी आम्दानीको आकार धेरै घट्नबाट बचेको देखाएको छ ।

वित्तीय विबरणमा अर्धवार्षिक प्रतिशेयर आम्दानी ९ रुपैंया ४२ पैसा रहेको उल्लेख छ । पर्यटकको संख्यामा आएको कर्मीका कारण आम्दानीको आकार घटेको व्यहोरा वित्तीय विबरणमा उल्लेख छ ।