कञ्चन डेभलपमेण्ट बैंकको खुद नाफा ४ करोड


एनएमबि बैंकमा गाभिने सम्झौता गरेको कञ्चन डेभलपमेन्ट बैंक (KADBL) ले आर्थिक वर्ष २०७६/०७७ को पुस मसान्तमा ४ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आर्थिक वर्षको दोस्रो त्रैमासमा बैंकले ३ करोड ६१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा बैंकले ५ अर्ब ५३ करोड रुपैंयाको निक्षेप संकलनलाई बढाएर ६ अर्ब रुपैयाँ पुर्याएको छ । त्यसै गरी ४ अर्ब ५२ करोड रुपैयाँको कर्जा परिचालनको आकारलाई पनि समीक्षा अवधिमा ४ अर्ब ८७ करोड रुपैयाँ पुर्याएको छ।

बैंकको खुद ब्याज आम्दानी १२ करोड ८८ लाख रुपैयाँ छ । गत आर्थिक वर्षको यसै अवधिमा बैंकको खुद व्याज आम्दानी ११ करोड १० लाख रुपैयाँ थियो ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफा ५ करोड १४ लाख रुपैयाँबाट ५ करोड ८६ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा बैंकको निष्कृय कर्जा अनुपात ०.८३ प्रतिशतबाट ०.९३ प्रतिशतमा उक्लिएको छ।

५३ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ११ करोड ८३ लाख रुपैयाँ सञ्चित छ। प्रतिशेयर आम्दानी १५ रुपैयाँ ४५ पैसा रहेको बैंकको प्रतिशेयर नेटवर्थ १४२ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १७.०२ गुणाले बढी छ।

केही दिन अघि मात्र एनएमबी बैंकमा विलय हुने सम्बन्धमा कञ्चन र एनएमबीले सम्झौता गरेका छन् ।

तीन वाणिज्य बैंकलाई पन्छाउँदै एनएमबि बैंकले किन्यो कञ्चन डेभलपमेन्ट बैंक