सिटिजन्स बैंक र म्याक्स मनि ट्रान्सफर बीच रेमिटेन्स सम्झौता


सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्याक्स मनि ट्रान्सफर प्रा. लि का बीच मलेसिया लगायत अन्य मुलुकबाट नेपालमा रेमिट्यान्स सेवा दिने सम्बन्धमा सम्झौता भएको छ ।

बैंकिङ्ग प्रणालि मार्फत विभिन्न मुलुकमा रहेका नेपालीले पठाएको विप्रेषण रकम सिटिजन्स बैंकबाट भुक्तानी दिने सम्बन्धमा सम्झौता भएको हो ।

सम्झौता बमोजिम अब म्याक्स मनि ट्रान्सफर मार्फत विदेशबाट नेपालमा पठाएको विपे्रषण रकम सिटिजन्स बैंकको नेपालभर रहेका ८९ वटा शाखाहरुबाट सहज रुपमा भुक्तानी पाउन सकिने छ ।

सिटिजन्स बैंक इन्टरनेसनलले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख सेवाग्राहीलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।