सिभिल बैंकको १०७ औं शाखा बाराको जितपुरमा


सिभिल बैंकले बाराको जीतपुरमा १०७ औं शाखा संचालनमा ल्याएको छ । उक्त शाखाको उद्धघाटन नेपाल राष्ट्र बैंकका मुख्य प्रबन्धक राजन बिक्रम थापा तथा सिमरा उप–महानगरपालिकाका मेयर डा. कृष्ण प्रसाद पौडेलले संयुक्त रुपमा गरेका हुन् । शाखा उद्घाटन गर्दै राष्ट्र बैंकका मुख्य प्रबन्धक थापाले जीतपुर क्षेत्रको बित्तीय गतिबिधिमा टेवा पुग्ने बताए ।

उक्त कार्यक्रममा सिभिल बैंकद्धारा ूश्री फकिरा गिरी राजेश्वर गिरी माध्यमिक विद्यालयूका प्रधानाध्यापक राजु कुमार सिंहलाई विद्यालयको इ–लाईब्रेरीको लागि एक थान कम्प्युटर पनि हस्तानतरण गरिएको थियो ।

सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले देशको औद्योगीक नगरी बिरगंजसंग नजिक जीतपुरमा प्रशस्त औद्योगिक अवसरहरु रहेको र आफुले बैंकको तर्फबाट यस क्षेत्रको अर्थतन्त्र उकास्नका लागि सान्दर्भिक सेवा तथा सुविधाहरु प्रदान गर्ने

बैंकको प्रदेश नं २ मा यस शाखा समेत गरी १३ शाखा तथा नेपालभर कुल शाखा संख्या १०७ पुगेकोे छ ।