प्रिमियर इन्स्योरेन्सको भुक्तानी गर्न बाँकी दाबी रकम एक अर्ब ६२ करोड

0
Shares

प्रिमियर इन्स्योरेन्सले चालू आर्थिक वर्षको दोस्रोे त्रैमासमा ८ करोड ९३ लाख खुद नाफा गरेको छ । यो गत आर्थिक वर्षको यहि अवधिको तुलनामा ५१.८८ प्रतिशतले बढी हो ।

गत आर्थिक वर्षको यहि अवधिमा कम्पनीले ५ करोड ८८ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको थियो ।

कम्पनीको नाफा बढेपनि बीमा शुल्क आर्जन र दाबी भुक्तानी गर्न बाँकी रकम बढेको छ । कम्पनीले यस अवधिमा ४० करोड १५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको यहि अवधिमा कम्पनीले ४१ करोड ५९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो ।

कम्पनी पुनर्र्बीमा कमिशन आयबाट ११ करोड ९६ लाख, लगानी कर्जा तथा अन्य आयबाट ४ करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ । हाल एक अर्ब ७ करोड ४५ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड, बीमा कोषमा ५४ करोड र महाविपत्ती जगेडा कोषमा ४ करोड ९८ लाख रुपैयाँ छ ।

हाल सम्म कम्पनीले ९८ करोड २४ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरी ८१ हजार बीमालेख जारी गरेको छ । यस अवधिमा ४ हजार ५८३ बीमालेख नवीकरण भएका छन ।

कम्पनीले ३ हजार ६४० दाबी संख्या वापत ५३ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ४ हजार १५० दाबी वापत एक अर्ब ६२ करोड ६९ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६.२४ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १७४.४८ रुपैयाँ र मुल्य आम्दानी अनुपात २१.८८ गुणा छ ।