ङादी ग्रुप पावरले घोषणा गर्यो लाभांश

0
Shares

ङादी ग्रुप पावर (NGPL) ले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट लाभांश घोषणा गरेको छ।  फागुन १ गते सम्पन्न सञ्चालक समितिको बैठकले आगामी साधारण सभाबाट पारित गर्नेगरि चुक्ता पूँजीको ५३ करोड ५५ लाख ५४ हजार ८०० रुपैयाँको कर सहित १० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो।

यसअनुसार कम्पनीले ५ करोड ३५ लाख ५५ हजार ४८० रुपैयाँ वितरण गर्नेछ । साथै सञ्चालक समितिले फागुन २७ गते साधारण सभा आह्वान गर्ने निर्णय समेत गरेको छ।

साधारण सभाका लागि कम्पनीले फागुन १५ गते शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको हो। यसअनुसार फागुन १४ गते बुधबारसम्म कायम शेयरधनीले उक्त लाभांश पाउनेछन्।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट पनि कम्पनीले १० प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो।