श्रीमतीको खातामा घुस राख्ने सडक डिभिजनका हाकिम विरुद्ध भष्ट्राचार मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय, विराटनगरका तत्कालीन कार्यालय प्रमुख सि.डि.ई. जितेन्द्र कुमार चौधरी विरुद्ध भष्ट्राचार मुद्धा दायर गरेको छ ।

उक्त कार्यालयमा कार्यालय प्रमुख पदमा कार्यरत रहँदा चौधरीले भूमि इन्फ्रास्ट्रक्च्चर प्रा.लि. बाट बिभिन्न मितिमा श्रीमतीको खातामा ३५ लाख रुपैयाँ जम्मा गरेको आयोगको आरोप छ ।

चौधरीले बिभिन्न स्वीकृत आयोजनाहरुको काम शुरु गर्दा दिइने मोविलाइजेसन रकमबाट पैतीस लाख गैरकानूनी तवरले कमिसनको नाममा घुस लिई श्रीमतीको खातामा जम्मा गर्न लगाएको अख्तियारको अनुसन्धानले देखाएको छ ।

आयोगले चौधरीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार गैरकानूनी तवरले लिएको घुस वापतको रकम ३५ लाख बिगो कायम गरी घुस रकम जफत मागदाबी लिई आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।