आइएमई जनरल इन्स्योरेन्स (IGI) ले लाभांश अनुमोदन र संस्थापक हिस्सा घटाउने मुख्य एजेण्डा राखेर फागुन २४ गते शनिबार २२ औं वार्षिक साधारण सभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको फागुन १ गते सम्पन्न ८७ औं बैठकले लैनचौर बैंक्वेट काठमाण्डौंमा बिहान १० बजे साधारण सभा बोलाएको हो ।
साधारण सभाले चुक्ता पूँजी १ अर्ब ६ करोड २ लाख रुपैयाँको ६ प्रतिशत बोनस शेयर जारी गर्ने र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.३१ प्रतिशत नगद लाभांश अनुमोदन गर्नेछ।
यसैगरि कम्पनीमा हाल रहेको संस्थापक सर्वसाधारण शेयर अनुपात ८०:२० को अनुपातलाई ६०:४० मा झार्ने गरि प्रबन्धपत्र संसोधन गर्ने र आवश्यक संसोधनका लासिग सञ्चालक समितिलाई अख्यिारी प्रदान गर्ने मुख्य एजेण्डा रहेको छ ।
साधारण सभाका लागि कम्पनीले फागुन १२ गते सोमबारदेखि शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन ११ गते आइतबारसम्म कायम रहेका लगानीकर्ताले मात्र लाभांश पाउनुका सार्थ साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन्।
प्रतिक्रिया