गुहेश्वरी मर्चेण्टको हटिया एक्सटेन्सन काउन्टरको शुभारम्भ

0
Shares

गुहेश्वरी मर्चेण्ट बैंकिङ्ग एण्ड फाइनान्स (GMFIL) ले फागुन ४ गते आइतबार चिसापानी चौक, हटिया, हेटौंडामा हटिया एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन गरेको छ।

उक्त एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन मकवानपुर जिल्ला हेटौंडा उप–महानगरपालिका, वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले फाइनान्सका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत दिनेश लाल श्रेष्ठको उपस्थितिमा गरेका हुन्।

हटिया एक्सटेन्सन काउन्टरको औपचारिक उद्घाटन पछि प्रदेश नम्बर ३ मा ६ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काण्न्टर संचालनमा आएको छ।

यस संस्थाको प्रधान कार्यालय हरिहर भवन, ललितपुर रहेको तथा प्रदेश नम्बर १ मा २ वटा शाखा कार्यालयहरु, प्रदेश नम्बर दुईमा ५ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउन्टर, प्रदेश नम्बर ५ मा ३ वटा शाखा कार्यालयहरु रहेको छ।

बंैकिङ्ग सेवामा एटीएम सेवा, एसएमएस बैंकिङ्ग, इ बैंकिङ्ग सेवा, इसीसी सेवा, कनेक्ट आईपीएस सेवा, लकर सुविधा, मोबाइल टपअप, विभिन्न विप्रेषण सेवा तथा डिपी र सि आश्वा सेवाका साथै व्यक्तिगत खाताको लागि ३ लाखसम्मको निक्षेप विमा समेत गरिएको र मोबाइल बैंकिङ्ग सेवा पनि शुभारम्भ भैसकेको जनाइएको छ।

२०७६ पुस मसान्तसम्ममा फाइनान्सले निक्षेप संकलन ४ अर्ब ३५ करोड तथा कर्जा ३ अर्ब ५७ करोड प्रवाह गरी ३ करोड १२ लाख सञ्चालन मुनाफा गरेको छ । यस वित्तीय संस्थाको चुक्ता पूँजी ८० करोड तथा जगेडा कोषमा २३ करोड ७२ लाख रुपैयाँ सञ्चित रहेको छ।