सडक डिभिजन कार्यालय प्रमुख विरुद्ध चार करोड भष्ट्राचारको मुद्धा

0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन सडक कार्यालय विराटनगर, मोरङका तत्कालीन डिभिजन प्रमुख (सि.डि.ई.) जितेन्द्र कुमार चौधरी विरुद्ध झण्डै चार करोड भष्ट्राचारको मुद्धा दायर गरेको छ ।

चौधरीले सडक विभाग अन्तर्गत कार्यरत रहँदा पदीय मर्यादा विपरित सडकका बिभिन्न आयोजनाहरुमा बसी ठेकेदारहरुसँग मिलेर ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरी घर घडेरी बैंक समेतमा रकम जम्मा गरेको अख्तियारको अनुसन्धानले देखाएको छ।

चौधरीले गैरकानूनी सम्पत्ति आर्जन गरी निज तथा निजको परिवारले अमिल्दो र अस्वाभाविक उच्च जीवनस्तर यापन गरेको, आफ्नो हैसियत भन्दा बढी रकम खर्च गरी आफू, श्रीमती र छोरासमेतका नाममा दर्ता कायम रहने गरी घर जग्गा खरिद, छोरा छोरीको शैक्षिक खर्च लगायतका बिभिन्न शीर्षकहरुमा गरेका खर्चहरु र बिभिन्न बैंक खाताहरुमा रहेका मौज्दात समतेमा खर्च लगानी गरेको पाइएको अख्तियारको भनाई छ ।

चोधारीले ३ करोड ९९ लाख ४४ हजार ३४२ रुपैयाँ गैरकानूनी रुपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको भन्दै त्यत्तीनै विगो कायम गरी बिगो बमोजिम जरिवाना र कैद सजायसमेत माग गरेको छ ।

श्रीमतीको खातामा घुस राख्ने सडक डिभिजनका हाकिम विरुद्ध भष्ट्राचार मुद्धा

चौधरीले गैरकानूनी रुपमा आर्जन गरेको बिगो बराबरको एकाघर श्रीमती र छोरा एवं आफ्नै नाममा राखिएको सम्पत्तिबाट असुल उपर जफत गरी पाउन र नपुग बिगोका हकमा प्रचलित कानून बमोजिम चौधरीबाट असुल उपर गरी जफत गरी पाउन समेत माग दाबी लिइएको अख्तियारले जनाएको छ।

आयोगले चौधरीकी श्रीमती किरण चौधरी र छोरा अभिषेक चौधरी समेतलाई प्रतिवादी कायम गरी सम्पत्ति जफत गरी पाउन समेतको मागदाबी लिई सोमबार विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ ।