सेञ्चुरी बैंकले गर्यो होटेल सामना र सुर्यान्स प्रालिसँग छुट सम्झौता

0
Shares


सेञ्चुरी कमर्सियल बैंक र हेटौंडा –४, मकवानपुर स्थित होटेल सामना प्रा.लि. तथा हेटौडा–१०, मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवा सुविधामा १५ प्रतिशतसम्म छुट पाउनेछन् भने होटेल सुर्यान्सको सेवा सुविधामा २० प्रतिशतसम्म छुट पाउनेछन् ।

होटेल सामना प्रा.लि. संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्ध निर्देशक सुरज आचार्यले हस्ताक्षर गरेका छन्।

साथै, होटेल सुर्यान्स प्रा.लि. संगको सम्झौता पत्रमा बैंकका हेटौडा शाखा प्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरिले हस्ताक्षर गरेका छन्।