करको लागत बढ्यो, सम्पत्ती शुद्धीकरणबाट आतंकित हुन पर्दैन : अर्थ सचिव


नेपाल चेम्बर अफ कर्मसका प्रतिनिधी मण्डलसँगको भेटमा अर्थ सचिव शिशिर कुमार ढुङ्गानाले कर संकलनको लागत बढेको बताउँदै व्यवसाय गर्ने लागत घटाउन अध्ययन भैरहेको बताएका छन् । एकद्धारबाट कर संकलन गर्ने सोचमा सरकारको रहेको उनले बताए । कर अडिट धेरै नभई निकाय धेरै भएकाले आ आफ्नो क्षेत्राधिकार हेर्न सबै सचेत रहेको बताउँदै उनले मुलुकको विदेशी मुद्रा संचिति सन्तोषजनक रहेको बताए ।

सम्पति शुद्धीकरणबाट व्यवसायी आतंकित हुनु नपर्ने बताउँदै बीमा लगायत अन्य सेवालाई अनलाईनमा जान प्रोत्साहित गर्ने काम भैरहेको उनको भनाई थियो ।

नेपाल चेम्बर अफ कर्मसका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले अर्थ सचिवको कार्यभार सम्हालेका शिशिर कुमार ढुङ्गानासंग भेट निजि क्षेत्रसंग सहकार्य गरी अर्थत्रन्त्रको विकाशमा जोड दिने अपेक्षा निजी क्षेत्रले गरेको बताएका थिए ।

चालु आर्थिक वर्षमा बजेटको आकार घटाईएकोले सबै क्षेत्रमा असर परेको भन्दै टोलीले अपेक्षित बृद्धिदर हासिल हुनेमा विश्वस्त रहेको बताएको थियो । बैंकिङ्ग समस्या समाधान गर्न कमिटी गठन गरिएकोले ब्यवसायीक ब्याजदर घट्ने आशा राखिएको चेम्बर अध्यक्ष श्रेष्ठले भेटमा बताएका थिए ।

मौद्रिक नीतिको मध्यावधी मुल्याङ्कनबाट राष्ट्र बैंकले लागु गरेको संकुचित प्रावधानहरु केहि खुकुलो हुने आपेक्षा राखिएको र भारतीय बजेटबाट करको दर उल्लेखनिय रुपमा घटाईनुका साथै कृषिमा अत्याधिक अनुदान दिइएबाट हाम्रा कृषि वस्तुहरु प्रतिस्प्रधि हुन ठोस् कार्य योजना ल्याईनुपर्नेमा टोलीले जोड दिएको थियो ।

उद्यमी ब्यवसायीले कर सम्बन्धी कानून उलङ्घन गरेको पाईएमा फौजदारी अभियोग नलगाई आर्थिक जरिवाना मात्र लगाउनुपर्ने चेम्बरका अध्यक्ष श्रेष्ठले बताए।