त्रैमासिक रुपमा सवा दश प्रतिशत व्याज दिने सिटिजन्स बैंक ऋणपत्र निष्काशन हुँदै


सिटिजन्स बैंक इन्टरनेसनलले २ अर्ब ५० करोड रुपैंयाको “१०.२५% सिटिजन्स बैंक ऋणपत्र २०८६” निष्काशन गर्ने भएको छ । पुर्वघोषित योजना अनुसार बैंकले त्रैमासिक व्याज भुक्तानी गर्ने गरी १० वर्षे अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो ।

१ हजार रुपैंया अंकित मूल्यको दरमा निष्काशन हुने २५ लाख कित्ता ऋणपत्र मध्ये १० लाख कित्ता ऋणपत्र सर्वसाधारणमा निष्काशन गरिने बैंकले जनाएको छ । सर्वसाधारणको हिस्साबाट ५० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषहरुका लागि सुरक्षित गरिएको छ ।

बाँकी १५ लाख कित्ता ऋणपत्र व्यक्ति तथा संघ संस्थाहरुलाई प्राइभेट प्लेसमेण्टबाट बिक्री गरिने बैंकले जानकारी दिएको छ ।

ग्लोबल आइएमई क्यापीटल लिमिटेडको निष्कासन तथा विक्री प्रवन्धमा निष्काशन हुन लागेको ऋणपत्रलाई ईक्रा नेपाल लिमिटेडले एलबीबीबी प्लस रेटिङ दिएको छ । यस्तो रेटिङलाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सम्वन्धमा सुरक्षित मानिन्छ ।

बैंकले ८९ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख सेवाग्राहीलाई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।