सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनीले डाक्यो साधारण सभा, मर्जरमा जान बाटो खोल्दै

0
Shares

सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनीले अन्य कम्पनीसँग गाभ्ने गाभिने सम्बन्धिमा निण्र्नय गर्ने विशेष प्रस्ताव राखेर चैत १ गते साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले जिल्ला समन्वय समितिको सभाहल बेसिशहर लमजुङ्गमा मध्यान्न १२ बजे साधारण सभा डाकेको हो।

सभामा सुपर दोर्दी इन्भेष्टमेन्ट कम्पनी र अन्य कम्पनीबीच मर्जर तथा प्राप्ती सम्बनधमा आवश्यक कार्य अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव रहेको छ।

यसैगरि आव २०७५/७६ को वार्षिक प्रतिवेदन, लेखापरिक्षण प्रतिवेदन, लेखापरिक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेण्डा उपर पनि छलफल गर्नेछ।