सनराइज बैंकको खोकनामा एक्सटेन्सन काउण्टरको शुभारम्भ

0
Shares

सनराइज बैंक (SRBL) ले देशका विभिन्न भागमा शाखा संचालन गर्ने क्रममा ललितपुरको खोकनामा ९ औँ एक्सटेन्सन काउण्टरको संचालनमा ल्याएको छ ।

आइतबार, फाल्गुन १८, गते आयोजित औपचारिक कार्यक्रमा ललितपुर महानगरपालिकाका वडा नं २१ का अध्यक्ष रबिन्द्र मर्हजन र बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आशा राणा अधिकारीले संयुक्त रुपमा उद्घाटन गरे ।

बैंकले सर्वसाधारण र उद्यमीलाई निक्षेप संकलन तथा रकम भुक्तानी लगाएचका सेवा दिने उद्देश्यले एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको बताएको छ

हालसम्म बैंकको शाखा संख्या १३० वटा पुगेको छ । साथै बैंकले नेपाल अधिराज्य भर ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ९ वटा एक्सटेन्सन काउण्टर र १२३ वटा ए।टि।एम मार्फत आफ्ना ६ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरmमा पनि थप शाखाहरु संचालन गर्दैजाने योजना रहेको छ ।