सनराइज बैंकले पायो मोबाइल बैंकिङ लिडर अवार्ड


सनराइज बैंकले डिजिटल भुक्तानी क्षेत्रमा मोबाइल बैंकिङ लिडर अवार्ड पाएको छ । बैंकले मोबाइल बैंकिङ सेवामार्फत नविनतम सुविधा दिएर छोटो समयमा धेरै ग्राहक बढाउन सफल भएको भन्दै एफ वान सफ्टले बैंकलाई अवार्ड प्रदान गरेको हो ।

मोबाइल बैंकिङ सेवा प्रदायक संस्था एफवान सफ्ट इन्टरनेशनलका अध्यक्ष विश्वास ढकालले बैंकका प्रमुख कार्यकारी अधिकृत जनकशर्मा पौड्याललाई अवार्ड हस्तान्तरण गरेका छन् ।

डिजिटल भुक्तानीका लागि हालै स्थापित भएको यो अवार्ड पाउने पहिलो बैंक सनराइज भएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकले १ सय ५२ वटा एटिएम, १ सय ३० वटा शाखा, दुई हजार भन्दा बढी मर्चेन्ट नेटवर्क र ८ हजार भन्दा बढी रेमिटेन्स एजेन्ट मार्फत झण्डै ६ लाख सेवाग्राहीलाई सेवा दिँदै आएको छ ।