राष्ट्रिय बाणिज्य बैंकले अढाई अर्बको डिवेञ्चर जारी गर्ने, एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक


राष्ट्रिय बाणिज्य बैंकले २ अर्ब ५० करोड रुपैंयाको डिवेञ्चर निष्काशन गर्नका लागि एनआईबिएल एस क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।


राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्याकारी अधिकृत किरण कुमार श्रेष्ठ र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

१ हजार रुपैंया अंकित मूल्यको दरमा २५ लाख कित्ता डिवेञ्चर निष्काशन गर्न लागेको बैंकले १५ लाख कित्ता ऋणपत्र परिपत्र विधिबाट र १० लाख कित्ता ऋणपत्र सार्वजनिक निष्काशन प्रकृयाबाट बिक्री गर्नेछ ।

चुक्ता पूंजीको कम्तीमा २५ प्रतिशत ऋणपत्र जारी गर्नुपर्ने प्राबधान बमोजिम बैंकले ६ वर्ष अवधिको ऋणपत्र निष्काशन गर्न लागेको हो । अर्धवार्षिक रुपमा १०.२० प्रतिशत व्याज प्रदान गरिने यो ऋणपत्र निकट भविष्यमा निष्काशन गरिने बैंकले जनाएको छ ।