रिचार्जर एपमा १ रुपैयाँमा होलीको टीसर्ट उपलब्ध हुने

0
Shares

मोबाइल एप रिचार्जरले होलीको अवसर पारेर रिचार्जरले १ रुपैयाामा होलीको टीसर्ट उपलब्ध गराउने भएको छ।  रङ्गहरुको पर्व होलीलाई हर्षोउल्लास बनाउनुका साथै आफ्नो ब्राण्ड प्रवद्र्धनका लागि होलीको थिमयुक्त टीसर्ट १ रुपैयाँमा उपलब्ध गराउने अफर ल्याएको रिचार्जरले जनाएको छ।

रिचार्जरका अनुसार फागुन २३ गते शुक्रबार दिउँसो १ बजेदेखि ३ बजेसम्म रिचार्जरको मोबाइल एपबाट टीसर्ट खरीद गर्नुपर्नेछ । १ रुपैयाँमा टीसर्ट खरीद गर्नका लागि रिचार्जरमा रहेको आफ्नो खाताबाट १४९ क्यास प्वाईन्ट भने प्रयोग गर्नुपर्ने हुन्छ । अर्थात १४९ क्यास प्वाईन्ट र १ रुपैयाँ भुक्तान गरेर टीसर्ट किन्न सकिन्छ।

गुगल प्ले तथा एप्पलको एप स्टोरबाट रिचार्जर डाउनलोड गरी एकाउण्ट खोलेपछि प्रयोगकर्ताले तत्कालै १०० क्यास प्वाइन्ट पाउने छन् । रिचार्जरबाट जतिको मोबाइल रिचार्ज गर्यो त्यति नै क्यास प्वाईन्ट पाइनेछ। क्यास प्वाईन्टलाई रिचार्जरबाट सामान खरिद गर्दा डिस्काउण्ट भौचरका रुपमा प्रयोग गर्न सकिन्छ ।

मोबाइल रिचार्ज गर्दा, सिनेमा, बस र हवाई टिकट खरीद गर्दा वा अनलाईनबाट सपिङ्ग गर्दा दुई दर्जन बैंकको इ बैंकिङ्ग, इ सेवा लगायतका पेमेण्ट गेटवेका साथै मास्टर तथा भिसाका डेविट र क्रेडिट कार्डबाट सिधै पैसा तिर्नसक्ने व्यवस्था रिचार्जरले गरेको छ।

ग्याजेटस् तथा ईलेक्ट्रोनिक्स सामानहरु रिचार्जरबाट शुन्य प्रतिशत व्याजदरमा किस्ताबन्दीमा किन्न सकिन्छ । रिर्चाजरले ‘नेपाली लाई नेपाल घुमाउने’ नाराका साथ सस्तो मुल्यमा टुर प्याकेज साथै हेलि राईड उपलब्ध गराईरहेको छ। हेलिकप्टरबाट पोखराको साईड सिन मात्र ५ हजार ९९९ रुपैयाँमा उपलब्ध गराइरहेको कम्पनीले जनाएको छ।

रिचार्जर एपमा मेबाईल, ल्यापटप, टिभी , फ्रिज किस्ताबन्दीमा र टुर प्याकेज ब्राण्डेड सामानहरु सुपथ मुल्यमा किन्न सकिन्छ। काठमाण्डौ उत्पत्यका भित्र नाईट फुड एण्ड ड्रिंकस् सर्भिस बेलुकी ६ बजेदेखि बिहान साढे ३ बजे सम्म अर्डर गर्न सकिन्छ।