सिटिजन्स बैंकद्वारा विद्यालयलाई दश थान कम्प्युटर सहयोग

0
Shares

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड (@CZBIL@) ले पाल्पा जिल्लाको रैनादेवी छहरा ४ स्थित भैरव नवदीप माध्यमिक विद्यालयलाई दश थान कम्प्युटर प्रदान गरेको छ। बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त कम्प्युटरहरु हस्तान्तरण गरिएको हो।

सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत निमुखा, गरीब र दयनीय आर्थिक अवस्था भएका बालबालिकाहरुलाई आजको बदलिदो प्रतिस्प्रधात्मक प्राविधिक शिक्षण सिकाई गर्नका लागि उक्त सहयोग प्रदान गरेको हो।

सूचना प्रविधिमा आएको आमुल परिवर्तन र भूमण्डलीकरणको बढ्दो आकर्षणले संसारलाई साँघुरो बनाउदै गर्दा सूचना प्रविधिको विकासक्रमसँग यस पुस्तालाई साक्षातकार गराउन यो कदम फलदायी हुने कुरा विद्यालय प्रशासनले जनाएको छ।

यस किसिमको सहयोगले विद्यालयमा अध्ययन गर्दै आएका बालबालिकाहरुको प्राविधिक सिकाई थप प्रभावकारी हुने विश्वास बैंकले लिएको छ। अब आउने निकट भविष्यमा बैंकले संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति विभिन्न कार्यक्रम संचालन गर्ने कुरा जानकारी गराएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९० वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव पाँच लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

बैंकले ग्राहक वर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, घरैमा बसेर बैंक खाता खोल्न सकिने अनलाईन सुविधा, रेमिट्यान्स सेवा, आस्वा, ड्राफ्ट, कार्ड सेवा,साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु प्नि उपलब्ध गराउँदै आएको छ ।

अन्तर्रा्ष्ट्रिय कार्ड प्रदायक कम्पनी भिजासँगको सहकार्यमा यस बैंकको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी नेपालभित्रको कुनै पनि पीओएस मेशिन मार्फत सामान वा सुविधा खरीद गर्दा २० प्रतिशतसम्म क्यास ब्याक (नगद फिर्ता) हुने योजना सञ्चालनमा रहेको छ ।