तिनाउ मिसन डेभलपमेन्ट बैंकको लाभांश प्रस्ताव


तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेड (TMDBL)ले गत आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको छ । प्रस्तावित बोनस नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी १३ औँ वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र शेयरधनीहरुलाई वितरण हुनेछ।

बैंक सञ्चालक समितिको फागुन २१ गते बुधबार सम्पन्न सञ्चालक समतिको बैठकले चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

हाल १ अर्ब १४ करोड ४१ लाख ६८ हजार १२५ दशमलव ७६ रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको १२ प्रतिशत (१३ करोड ७३ लाख १७५ दशमलव ०९ रुपैयाँ) बोनस वितरण पश्चात १ अर्ब २८ करोड १४ लाख ६८ हजार ३०० रुपैयाँ पुग्नेछ।

अघिल्लो आव २०७४/७५ बाट पनि बैंकले १२ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।