सेञ्चुरी कमर्सियल बैंक र होटल अथीती बीच भुक्तानी सम्झौता


सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडिकल कलेज लाइन बाँके स्थित होटल अथीती बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धि सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौता पत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथीतीका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरेका छन् ।