प्रभु लाइफको आईपीओले पायो सुरक्षित रेटिङ, ६० करोडको जारी गर्ने

0
Shares

प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले जारी गर्न लागेको आईपीओले सुरक्षित रेटिङ पाएको छ ।

कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता प्राथमिक शेयर निष्काशनका लागि रेटिङ गराएको हो । इक्रा नेपालले गरेको रेटिङअनुसार प्राथमिक शेयर निष्काशन गर्न मिल्ने रेटिङ ’इक्रा एनपि आइपिओ ग्रेड चार’ प्राप्त गरेको छ।

प्राथमिक शेयर निष्काशन गर्ने प्रस्ताव कम्पनीले साधारणसभाबाट पारित गरिसकेको छ। अब कम्पनीले शेयर निष्काशनका लागि धितोपत्र बोर्डमा निवेदन दिनेछ । बोर्डको अनुमित पश्चात शेयर निष्काशन गर्नेछ।

कम्पनीको हालको चुक्ता पूँजी एक अर्ब ४० करोड रुपैयाँ छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको पूँजी दुई अर्ब पुग्ने छ।

प्रभु लाइफले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३१ करोड २६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। पुस मसान्तसम्ममा इन्स्योरेन्सले २ करोड ७९ लाख रुपैयाँ लगानी, कर्जा तथा अन्य आयबाट आर्जन गरेको छ।

पुससम्म इन्स्योरेन्सले ३ करोड ५८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। एक अर्ब ४० करोड चुक्ता पूँजी रहेको इन्स्योरेन्सको जगेडा कोषमा १४ करोड ११ लाख रुपैयाँ, जीवन बीमा कोषमा ५१ करोड ९० लाख रुपैयाँ र महाविपत्ती जगेडामा एक करोड १७ लाख रुपैयाँ सञ्चित छ।