आइएमई जनरलको लाभांश अनुमोदन, सञ्चालक निर्विरोध

0
Shares

आइएमई जनरल इन्स्योेरेन्स (IGI) को शनिबार सम्पन्न २२ औं वार्षिक साधारण सभाले गत आवको कमाईबाट सञ्चालक समतिले शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ। लैनचौर बैङ्क्वेट्स, लैनचौर, काठमाण्डौंमा सम्पन्न भएको साधारण सभाले चुक्ता पूँजीको ६ प्रतिशतले बोनस शेयर र सो मा लाग्ने कर समेत प्रदान गर्ने निर्णय हो ।

सभाले आगामी ४ वर्षको लागि संस्थापक समूहबाट हेमराज ढकाल, अम्बिका प्रसाद पौडेल र सुरेश देवकोटा साथै सर्वसाधारण समूहबाट राजेन्द्र सिंह भण्डारी र सिताराम थापालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ।

कम्पनीले अघिल्लो आ.व.मा १ अर्ब बीमा शुल्क आर्जन गरेकोमा समीक्षा वर्षमा २७ करोडले वृद्धि गरि १ अर्ब २७ करोड बीमा शुल्क आर्जन गरी १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो।

  • ग्राहकमुखी सेवामा जोड दिने

कम्पनी अध्यक्ष हेम राज ढकालले कम्पनीको २२ औं बार्षिक साधारण सभामा नेपाली बीमा बजारमा कम्पनीले छुटृै पहिचान स्थपित गर्न गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको जानकारी दिँदै आगामी वर्षमा कम्पनी अझ ग्राहकमुखी भएर सन्तुष्ठ ग्राहकहरुको संख्यामा वृद्धि गरी अगाडी बढ्ने बताए।

बीमा क्षेत्रको दिगो विकासको लागि गुणस्तरीय सेवा, बीमाको नयाँ नयाँ क्षेत्र पहिल्याई आम नागरिकलाई सहज सेवा प्रदान गर्ने लक्ष्य कम्पनीले लिएको उनले सभालाई जानकारी दिए ।

देशको आर्थिक विकासमा बीमाको ठूलो योगदान रहेको र बीमाले आर्थिक तथा वित्तीय सुरक्षा प्रदान गर्दछ भन्ने चेतनाको विकास समाजका हरेक तह र तप्कामा गराउन सकिएमा नेपाली बीमा बजार अझै फराकिलो हुने र बीमाको दायरमा वृद्धि भई व्यावसाय र मुनाफामा वृद्धि हुने उनको धारणा थियो ।

पछिल्लो समय बीमा सेवामा देखिएको प्रतिष्पर्धा, ग्राहकमुखी सेवा, सेवामा विविधता, सेवाको पहुँच विस्तार आदीले बीमा व्यावसाय वृद्धि, नाफामा वृद्धि भएबाट पूँजी बजारमा समेत ठूलो हिस्सा बीमा क्षेत्रले ओगट्न सफल हुँदै आइरहेको छ ।