सिटिजन्स बैंकका दुई वटा नयाँ बचत खाता सञ्चालनमा, ब्याज साढे ६ प्रतिशत

0
Shares

सिटिजन्स बैंक ईन्टरनेसनल (CZBIL) ले सर्वसाधारणलाई लक्षित ‘सिटिजन्स संरक्षित बचत खाता’ तथा पेशाकर्मीलाई लक्षित ‘सिटिजन्स तलब बचत खाता’ सञ्चालनमा ल्याएको छ।

५ हजार रुपैयाँमा खाता खोल्न मिल्ने ‘संरक्षित बचत खाता’ मा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रितशत ब्याज उपलब्ध हुने बैकले जनाएको छ। यस योजनामा सहभागी हुनेले ५० हजारको स्वास्थ्य बीमा (अस्पताल भर्ना खर्च) र ५ लाखसम्मको दुर्घटना मृत्यु बीमा सुविधा रहेको छ।

शून्यमा नै खाता खोल्न मिल्ने तथा दैनिक मौज्दातमा वार्षिक ६.५० प्रतिशत ब्याज दिने गरी ‘तलब बचत खाता’ संचालनमा ल्याएको छ। कर्मचारीहरूको तलब व्यवस्थापनको लागि यो खाता उपयोगी हुने बैंकले जनाएको छ। यसमा २५ हजारको स्वास्थ्य बीमा (अस्पतालभर्ना खर्च) र ३ लाखसम्मको दुर्घटना मृत्यु बीमा उपलब्ध छ।

उत्कृष्ट सेवा प्रदान गर्ने हेतुले बैंकले यी दुबै योजना अन्तर्गत सहभागी भएका ग्राहकहरुका लागी विभिन्न प्रकारका सहुलियतहरू उपलब्ध गराएको छ । यी दुबै योजनामा निःशुल्क भिजा डेबिट कार्ड, निःशुल्क अन्तर शाखा कारोबार,निःशुल्क आस्वा सेवा, निःशुल्क सिटिजन्स स्मार्ट बैंकिङ सुविधा (मोबाइल), अनलाइन कारोबार गर्न सुरक्षित थ्रिडी सेक्योर प्रविधिमा निःशुल्क दर्ता, लकरको वार्षिक शुल्कमा ५० प्रतिशत छुट, विदेशी मुद्रामा ड्राफ्टरस्विफ्ट जारी गर्दा ५० प्रतिशत छुट, नेपाल भरीका जुनसुकै एटिएमबाट पैसा निकाल्दा शुल्क नलाग्ने सुविधा उपलब्ध छन्।

बैंकले देशैभरी फैलिएका आफ्ना ९३ वटा शाखा, ९१ वटा ए.टि.एम. र १०३ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट पाँचलाख भन्दा बढी ग्राहलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।