टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका १४ औं विजेताहरु घोषणा

0
Shares

युनाईटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि. (टोयोटा) ले १४ औं टोयोटा ड्रिम कार आर्ट कन्टेष्टका भाग्यशाली विजेताहरुको नामावली घोषणा गरेको छ । १३ मार्च , २०२० मा भोईथ कम्प्लेक्समा आयोजना गरिएको उक्त समारोहमा विजेताहरुलाई पुरस्कार र प्रमाणपत्रसहित सम्मानित गरिएको थियो ।

डिसेम्बर २०१९ देखि फेबु्रअरी २०२० सम्म संचालन भएको यस कला प्रतियोगितामा ३० वटा विभिन्न विद्यालयहरुबाट १००० भन्दा बढी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रविष्टिहरुमध्ये प्रत्येक प्रविष्टि कोटीका शीर्ष ३ कलाकृतिहरु विजेताको रुपमा चयन गरिएको थियो , जुन जापानमा आयोजना गरिने वल्र्ड कन्टेष्ट २०२१ का लागि नेपालको प्रतिनिधित्व गर्दै प्रवेश गर्न सफल भएका थिए ।

उक्त प्रतियोगिताले विश्वका हर कुनामा रहेका बालबालिकाहरुलाई गतिशीलताको भविश्यप्रति उनीहरुको विचारधारा उनीहरुको ड्रिम कारका चित्रहरुमार्फत् साझा गर्नका लागि आमन्त्रण गर्दछ । हरेक महान् विचार सपनाको झलकबाट पैदा भएका कारण यस क्रियाकलापले पनि आउँदो पुस्ताका महान् आविष्कारक, चिन्तक र कल्पनाशील व्यक्तिहरुको रचनात्मकता उजागर गर्दछ भन्ने कुरामा टोयोटा निकै आशावादी रहेको छ ।

सन् २००४ देखि संचालन हुँदै आएको यस कला प्रतियोगिता टोयोटाको सामाजिक योगदानको एक प्रमुख हिस्साका रुपमा झल्किँदै आएको छ , र सन् २०१९मा मात्र विश्वभरका ८६ मुलुक र क्षेत्रहरुबाट ९ लाख ५० हजार प्रविष्टिहरु आएका थिए ।