सिभिल बैंकको शाखा काठमाण्डौको टोखामा पनि खुल्यो

0
Shares

सिभिल बैंकले आफ्नो शाखा संजाल विस्तार गर्ने क्रममा काठमाण्डौ जिल्लाको टोखामा आफ्नो शाखा संचालनमा ल्याएको छ ।

एक कार्यक्रमका बीच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले सिभिल बैंक टोखा शाखाको समुद्घाटन गरे ।

सोही अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरको सरसफाईको लागि ३० थान डस्टविन हस्तान्तरण गरेको बैंकले जनाएको छ। । सो डस्टविन सिभिल बैंकका अध्यक्ष ई. ईच्छा राज तामाङ्गद्वारा टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीलाई प्रदान गरियो । साथै टोखा नगरपालिकाको ऐतिहासिक पोखरी नारायण पोखरीको पनि सफाई गरिएको थियो ।

उक्त अवसरमा सिभिल बैंकका बागमती प्रदेशका प्रमुख भोला बहादुर विष्टले सिभिल बैंक टोखा शाखाले यस क्षेत्रका सम्पुर्ण वचतकर्ता उद्दमी, व्यवसायी तथा स्थानियहरुलाई उच्चस्तरीय बैकिंग सेवा तथा सुविधा उपलव्ध गराउने प्रतिवद्धता जनाउँदै यस क्षेत्रको अर्थतन्त्र उकास्नको लागी साना तथा मझौला ब्यापार ब्यबसाय लगायत अन्य व्यक्तिगत कर्जाहरु जस्तै घरकर्जा, सवारी कर्जा, शैक्षिक कर्जा जस्ता क्षेत्रमा लगानी बढाउने बताए ।

सो अवसरमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले ऐतिहासिक नगरी टोखाको वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन टेवा पु¥याउने कुरा बताए ।

टोखा नगरपालिकाका नगर प्रमुख प्रकाश अधिकारीले टोखामा शाखा स्थापना संगै ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल बाताबरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो सानो पुंजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे।

उक्त समारोहका सभापति तथा सिभिल बैंकका तथा कार्यक्रमका सभापति अध्यक्ष ई. ईच्छा राज तामाङ्गले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए।

हालसम्म ४ लाख ३० हजार भन्दा बढी ग्राहकहरु रहेको करीव ५४ अर्व भन्दा बढी निक्षेप परिचालन गरी करीव ५२ अर्व कर्जा लगानी गरेकोे बैंकले ११२ वटा शाखाहरु तथा २ वटा एक्स्टेन्सन काउन्टर र ५ वटा शाखारहित बैंकिंग सेवा काउन्टरबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।