धितोपत्रको कारोबार गर्दा अपनाउनुपर्ने एक दर्जन टिप्स् जसले तपाईलाई लाभ दिलाउन सघाउँछ

0
Shares

धितोपत्रको दोस्रो बजार प्राथमिक बजारको तुलनामा जोखिमपूर्ण मानिने गरिन्छ। जहाँ वृद्धि र गिरावटको चक्र भने चलिनै रहन्छ । कतिपयले यसलाई शेयर बजारको सौन्दर्य नै मान्ने गर्दछन्।

पूँजीबजारलाई सबैभन्दा लाभप्रद सँगै र जोखिमपूर्ण लगानीको क्षेत्र मानिन्छ । शेयर बजारमा सूचक बढ्दा मात्र नभई घट्दा पनि कतिपय अवस्थामा नाफा आर्जन गरिन्छ। अथवा भनौं थप घाटा हुनबाट बच्न सकिन्छ।  कहिले र कुन समयमा शेयर किन्ने भनेर अनुमान लगाउनु भने धेरै गाह्रो कुरा हो,  यद्यपी केही कुराहरुमा आफूले अध्ययन विश्लेषण गरेर लगानी गर्ने हो भने केही समय बजार घटेर घाटा लागेपनि दीर्घकालीन रुपमा नाफा कमाउन सकिन्छ।

शेयरबजारमा प्रवेश गर्दा तपाईले केही कुरामा निक्कै ध्यान दिनुभयो वा ख्याल गर्नुभयो भने तपाईको दुखले आर्जन गरेको लगानीबाट पूँजीगत लाभ प्राप्त गर्न सकिन्छ। हामीले तपाईलाई कम्पनी छनौट गर्दा ध्यान दिनुपर्ने बुँदाहरु प्रस्तुत गरेका छौं, हेरौं केही बुँदा:-

१. कम्पनीको प्रतिशेयर आम्दानी र वितरित लाभांश
२. व्यवस्थापकीय क्षमता र भावी योजना तथा सम्भावना
३. मूल्य आम्दानी अनुपात
४.कम्पनीको ऋण र जोखिम पक्ष जस्ता महत्वपूर्ण कुराहरुको विश्लेषण
५. हल्ला, अनावश्यक प्रचार प्रसार वा कसैको बहकाउबाट मात्र प्रेरित नभई आफ्नो स्वविवेकमा नै लगानी
६. लगानी गर्दा त्यसको ब्राण्डको बारेमा पनि याद गर्नुहोस्
७. धितोपत्रको मूल्यमा प्रभाव पार्न सक्ने सम्वेदनशील सूचनाहरु
८. पूँजीबजार सम्बन्धि प्राविधिक बिश्लेषण गर्न सिक्नुहोस्
९.अनुशासित लगानी (पहिले योजना बनाउनुहोस र त्यसको समीक्षा पनि)
१०. लगानी गर्दा फरक फरक क्षेत्रका कम्पनी चयन गर्नुहोस्
११. लगानी जोखिम र पैसाको उचित व्यवस्थापन
१२. विभिन्न कालखण्डमा कायम कम्पनीको शेयरमूल्य

यसरी दोस्रो बजारमा कम्पनीका समग्र अवस्थाको अध्ययन तथा सुझबुझपूर्ण लगानी गरेको खण्डमा बजारमार्फत खरिद गरिएका धितोपत्रहरुले राम्रो प्रतिफलका साथमा मूल्य बढोत्तरीबाट मनग्यै आम्दानी समेत गर्न सकिन्छ ।

लगानीकर्ताका लागी सबैभन्दा बढि आर्कषणको क्षेत्र मानिए पनि पूँजीबजारलाई सबैभन्दा लाभप्रद सँगै र जोखिमपूर्ण लगानीको क्षेत्र मानिन्छ । जहाँ लगानी गर्नेले मुनाफामात्रै होईन गुम्न पनि सक्छ भन्ने हेक्का राख्न आवश्यक हुन्छ।

विश्वभर पूँजीबजार क्षेत्रमा बुझेर लगानी गर्नेहरुले थुप्रै लाभ उठाइरहेका छन्। तर आफैँ अध्ययन विश्लेषण नगरि अरुको वहकावमा हाम फाल्नेहरु आफ्नो लगानी गुमाउनुपरेका घटनाहरुपनि प्रशस्तै भेटिन्छन। यसकारण शेयर बजारलाई एउटा खेल मैदानको रुपमा पनि लिन सकिन्छ । जहाँ खेलका लागी तम्सिएका एक पक्षका लगानीकर्ताहरुले जित्छन र अर्को पक्षले हार बेर्होनुपर्ने हुन्छ।