सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता


सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी बीच सम्झौता भएको छ । बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको हो ।
सम्झौता अनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवा सुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौता पत्रमा बैंकका प्रबन्धक युनेस पुरी र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक प्रभाकर खड्काले हस्ताक्षर गरेका हुन् ।