कामना सेवा विकास बैंकको १२३ औं शाखा ललितपुरको ग्वार्कोमा


कामना सेवा विकास बैंकले ललितपुरको ग्वार्कोमा १२३ औं शाखा बिस्तार गरेको छ । ललितपुर महानगरपालिका वडा नं १७ का अध्यक्ष विनोद महर्जन तथा बैंकका संचालक विश्वेश्वर सुवेदीले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बैंकका वर्तमान अवस्था र भावी कार्ययोजना तथा रणनीतिका बारेमा जानकारी गराएका थिए ।

काठमाडौं महानगरपालिका ३० स्थित ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको बैंकले देशभरमा १२३ वटा शाखा तथा ६४ वटा एटीएम मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।