भारत लैजाँदै गरेको बीस हजार मास्क सहित सहित दुई जना पक्राउ


कोरोना भाईरसको संत्रास बढी रहेका बेला नेपालबाट भारततर्फ लैजाँदै गरेको ठुलो मात्राको मास्क प्रहरीले नियन्त्रणमा लिएको छ ।

बजारमा मास्कको अभाव एंव कालोवजारी भइरहेको सन्दर्भमा विशेष निगरानी एवं सुचना संकलनको लागी खटिएको प्रहरी टोलीले पर्साको पोखरीयाबाट दुई जनालाई २० हजार थान मास्क सहित पक्राउ गरेको हो ।

ठुलो मात्रामा काठमाण्डौबाट मास्क खरिद गरी भारततर्फ बढी मुल्यमा बिक्रि वितरण भइरहेको भन्ने सुचनाको अधारमा ईलाका प्रहरी कार्यालय पोखरिया पर्साबाट खटिएको प्रहरी टोलीले बुधबार बिहान काठमाण्डौंबाट भिष्वा जाँदै गरेको बसबाट उनीहरुलाई मास्क सहित नियन्त्रणमा लिएको हो ।

पोखरिया बजारमा रात्री बस चेकजाँच गर्ने क्रममा बसमा लोड गरी ल्याउदै गरिएको ६ वटा बोरामा २० हजार थान मास्क भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पर्सा, छिपहरमाई गाउँपालिका ५ का ३८ वर्षीय सुलिन जैसवाल र २६ वर्षीय अजय महतो कोइरीलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको छ ।