ज्योति विकास बैंकले शुक्रबार चैत्र ७ गतेका दिन इटहरी उपमहानगरपालिकामा बैंकको क्षेत्रीय कार्यालय र शाखा कार्यालयको औपचारिक उद्घाटन गरेको छ।
बैंकले इटहरी उपमहानगरपालिकामा आफ्नै भवनमा क्षेत्रीय कार्यालय सञ्चालनमा ल्याएको हो। बैंकिङ्ग सेवाको पहुँच थप विस्तार गर्दै जनतामाझ पुर्याउने उद्देश्यका साथ ज्योति विकास बैंकले उक्त क्षेत्रमा क्षेत्रीय कार्यालय र शाखा कार्यालय सञ्चालन गरेको हो।
इटहरी उपमहानगरपालिका वडा नं ५, सुनसरीस्थित क्षेत्रीय कार्यालयको समुद्घाटन इटहरी उपमहानगरपालिकाका मेयर द्वारिका लाल चौधरी तथा ज्योति विकास बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरेका छन् । समारोहमा बोल्दै मेयर चौधरीले ज्योति विकास बैंकले पूर्व क्षेत्रमा सञ्चालनमा ल्याएका कार्यालयहरुले सेवाग्राहिलाई थप सेवा मिल्ने तथा विभिन्न कर्जा सेवाले गर्दा उद्यमशीलतामा थप टेवा पुग्ने कुराले आफू हर्षित भएको बताएका थिए ।
साथै, इटहरी उपमहानगरपालिका वडा नं ६, सुनसरीस्थित ज्योति विकास बैंकको शाखा कार्यालयको उद्घाटन उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष भिम बहादुर पौडेलले गरेका छन् ।
हाल ज्योति विकास बैंकले १०५ शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर तथा ५६ वटा एटीएम मार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ। हालसम्म बैंकले ३ लाख भन्दा बढि खाताबाट करिब ३४ अर्ब रुपैंया निक्षेप संकलन गरी २० हजारभन्दा बढि ऋणीलाई करिब २९ अर्व रुपैंया कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया