राजपत्रमा प्रकाशित भए अनुसार अत्यावश्यक १९ सेवाको सूची यस्तो छ : शेयर बजार बन्द हुने


प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द हुने घोषणा गरेका छन् । प्रधानमन्त्रीको यो घोषणासँगै आइतबारदेखि शेयर बजार बन्द हुने निश्चित भएको छ ।

शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजपत्रमा प्रकाशित भए अनुसार आवश्यक सेवा बाहेकका अन्य सेवा बन्द हुने घोषणा गरेका हुन् । शेयर बजारलाई राजपत्रमा अत्यावश्यकीय सेवाका रुपमा समेटिएको छैन ।

राजपत्रमा प्रकाशित भए अनुसारका आवश्यक सेवाहरुको सूची यस्तो छ :

१ डाँक, तार वा टेलिफोन सेवा
२ जल, स्थल वा हवाईमार्गबाट यात्री वा मालसामान ओसारपसार गर्ने यातायात सेवा
३ हवाईअड्डा वा हवाई जहाजको देखभाल, त्यसको सञ्चालन वा मर्मत गर्नेल कामसँग सम्बन्धि सेवा
४ हवाई ग्राउन्डेड, रेल्वे स्टेसन वा सरकारी गोदाममा मालसामान ओसार पसार गर्ने वा राख्ने झिक्ने वा थन्क्याउने कामसँग सम्बन्धि सेवा
५ प्रिन्ट वा सरकारी छापाखाना सम्बन्धि सेवा
६ हातहतियार खरखजाना वा अरु कुनै सैनिक सर सामानको उत्पादन गनेृ, थन्क्याउने वितवरण गर्ने कामसगा सम्बन्धि नेपाल सरकार रक्षा व्यवस्थाको कुनै सेवा ।
७ सञ्चार सेवा
८ आन्तरिक सुरक्षा कार्यसँग सम्बन्धित सेवा
९ खानेपानीको सञ्चालन तथा वितवरण सेवा
१० पर्यटन, आवास, मोटेल, होटल रेष्टुराँ र रिसोर्ट सम्बन्धी सेवा
११ पेट्रोलियम पदाथर्त (एल पि ग्याँस समेत)को पैठारी, ढुवानी, भण्डारण तथा वितरण सम्बन्धी सेवा
१२ अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालन सम्बन्धी सेवा (एम्बुलेन्स सेवा जस्ता सेवाहरु)
१३ औषधि निर्माण तथा बिक्री वितरण सम्बनधी सेवा
१४ फोहोर मैलाको संकलन, ढुवानी, प्रशोधन, विसर्जन, स्थान निर्माण, पूर्वाधार निर्माण र संकलन स्थल एवम व्यवस्थापन क्षेत्रसँग सम्बन्धित सेवा
१५ बैंकिङ सेवा
१६ बीमा सेवा
१७ विद्युत सेवा
१८ दैनिक उपभोथ्य वस्तुहरु (खाद्यान्न, दाल चामल, नुन तेल) को पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा
१९ मौसम पूर्वानुमान, बाढी पूर्वानुमान तथा पूर्वसूचना सेवा ।

प्रधानमन्त्रीको सम्बोधन: ‘नागरिकको स्वास्थ्य र सुरक्षा सधैं उच्च प्राथमिकतामा ‘ (पूर्णपाठ)