भारत सरकारले कोरोनासँग लड्ने सुझाव दिनेहरुलाई घोषणा गर्यो १ लाख नगद पुरस्कार


भारत सरकारले कोभिड १९ सोलुसन प्रतियोगिता घोषणा गरेको छ ।

मोदी सरकारले कोरोना भाइरस (कोभिड १९) को समाधान खोजनका लागि यस्तो प्रतियोगिता घोषणा गरेको हो ।

भारतमा फैलिरहेको कोरोना संक्रमण नियन्त्रण गर्नका लागि आफ्नो योजना प्रस्तुत गर्नेहरुलाई भारतीय एक लाख रुपैंया नगद पुरस्कार दिने घोषणा गरिएको हो ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यस किसिमको प्रतियोगितात्मक अभियानको सुरुवात गरेको हो । आम नागरिकलाई यो अभियानमा सहभागि गराउनका लागि केन्द्रिय सरकारले २ वटा अभियान अघि सारेको छ । जसमा ‘शेयर योर आइडिया एण्ड सजेशन टू हेल्प फाइट कोरोना भाइरस‘ र ‘कोभिड १९ सोलुसन च्यालेन्ज’ रहेका छन् ।

आम नागरिकलाई कोरोना भाइरस संक्रमण नियन्त्रणको अभियानमा सहभागि गराउँदै नतिजा निकाल्नका लागि यस्तो अभियान सुरु गरिएको बताइएको छ । अप्रिल ३० तारिखसम्ममा सुझाव पेश गरिसक्नु पर्ने बताइएको छ ।