ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन स्थगित


ताप्लेजुङको पाथीभरा मन्दिरको दर्शन स्थगित गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयमा शनिबार बसेको सरोकारवालाको बैठकले तत्कालका लागि दर्शनमा नजान अनुरोध गरेको हो । कारोना संक्रमणको जोखिमलाई वेवास्ता गर्दै पाथीभरा दर्शन गर्ने जानेको ताँती लाग्न थाले पछि जिल्ला प्रशासन कार्यालयमा सुरक्षा निकाय, पाथीभरा क्षेत्र विकास समिति, पाथीभरा संवद्र्धन समितिको संयुक्त आकस्मिक बैठक बसेको थियो ।

अहिले पूरै बन्द नगरिएको तर सोमबारसम्म पनि दर्शनार्थीको चाप नघटे पूर्ण रुपमा बन्द गर्ने ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । शनिबार १ हजार ६ सय तीर्थयात्री ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका थिए ।