चितवनमा चैत २१ गतेसम्म सुन कारोबार नहुने


नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले कोरोना भाइरसको सम्भावित संक्रमणलाई ध्यानमा राखेर सुन कारोबार बन्द गर्ने भएको छ । संघले यही चैत ९ गतेदेखि २१ गतेसम्म जिल्ला भरी सुनको सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको सम्भावित जोखिम नियन्त्रण गर्ने उद्देश्यले सरकारले चालेको कदमलाई सहयोग गर्न आफू मातहतका सम्पूर्ण कारोबार बन्द गर्ने निर्णय गरेको महासंघका केन्द्रीय उपाध्यक्ष अर्जुन रसाइलीले जानकारी दिए ।

सुनको दैनिक दरभाउ र सुन सिफारिस भने बन्द नरहने संघले जनाएको छ ।