वित्तीय सेवा भनेर भ्याटमा सहुलियत पाएका ब्रोकरद्धारा नै शेयर कारोबारमा असहयोग

0
Shares

वि.स.२०७४ असारमा कर कार्यालयले भ्याट रकम दाखिला गर्न भन्दै पत्र पठाएपछि वित्तिय सेवा प्रदायकलाई मूल्य अभिवृद्धि कर लगाइएको भन्दै आन्दोलित भए। आजै तीनै ब्रोकरहरुले नै शेयर बजारका ठूला लगानीकर्ताहरुसँग मिलेर शेयर बजारमा बन्द गराउन असहयोग गरेका छन्।

भ्याट ऐनको अनुसूची १ मा भ्याट छुट हुने वस्तु तथा सेवाको सूचीमा वित्तीय सेवा, जीबन बीमा, पुर्नबीमा सेवा र समाशेधन गृह (क्लियरिङ्ग हाउस) सेवालाई समावेश गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार भएको सम्बोधनमा अत्यावश्यक सेवा बोहक अन्य सबै बन्द गर्न निर्देशन दिनुभएको थियो।  

अत्यावश्यकीय सेवा भित्र वित्तीय सेवा पनि पर्छ। वित्तीय सेवाभित्र शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्काशन, व्यवस्थापन र खरीद बिक्रीसँग सम्बन्धित सेवालाई राखिएको छ।

आन्तरिक राजस्व विभागले जारी गरेको निर्देशनमा शेयर ब्रोकर सेवालाई वित्तीय सेवा आपूर्तिमा समावेश गरेको छ। विभागले जारी गरेको मूल्य अभिवृद्धि कर निर्देशिका २०६९ (पहिलो संसोधन, २०७३) को दफा ४.१७ मा शेयर वा ऋणपत्र वा अन्य धितोपत्रको निष्काशन वा व्यबस्थापन वा खरीद बिक्रीसँग सम्बन्धित सेवालाई पनि वित्तीय सेवाको रुपमा ब्याख्या गरिएको छ ।

हेर्नुहोस्

ठूला लगानीकर्ता र ब्रोकर कम्पनीहरुले नै कार्यालय नखोल्दा आइतबार शेयर बजारमा न्यून मात्र कारोबार भैरहेको छ।  पुतलिसडक स्थित एक ब्रोकर कार्यालयमा शेयर कारोबार गर्न उपस्थित भएका लगानीकर्ताले ब्रोकर कार्यालयमा ताला देखिपछि फर्किए। उनले नोटबजारसँग कुराकानी गर्दै भने आफ्नो सहजताका लागि आन्दोलन गर्ने नेपालका ठूला शेयर लगानीकर्ता तथा ब्रोकर कम्पनीहरु केही दिनअघि सर्ट सेल गरेर त्यसको जरिवाना तिर्नुपर्ने भएपछि नियोजित रुजमा शेयर बजार बन्द गराएको आरोप लगाए।

२०७४ असारमा महालेखा परीक्षकको कार्यालयले लेखापरीक्षणका क्रममा शेयर ब्रोकर कमिसनमा भ्याट लगाउनुपर्ने उल्लेख गरेपछि कर प्रशासनले ब्रोकरलाई भ्याटमा दर्ता हुन पत्राचार गरेको थियो ।

सो पश्चात आन्तरिक राजस्व विभागले आगामी साउनदेखि ब्रोकर कमिसनमा भ्याट लगाउने तयारी थालेपछि वित्तीय सेवा भन्दै ब्रोकर कम्पनीलाई भ्याटमा दर्ता हुने प्रकृया खारेज गरिएको थियो।